राजनीति
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ सहित एमाले नेताहरु भोट माग्न माधव नेपालको कार्यालयमा
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न आलोक नगरस्थित पार्टी कार्यालय पुगेका हुन
काठमाडौं, फागुन १८ । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ सहित नेकपा एमालेका नेताहरु भोट माग्न नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न आलोक नगरस्थित पार्टी कार्यालय पुगेका हुन ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ ।
एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भोट माग्न जानेछन । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय