Kath khabar
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन

 

                    काठमाडौं, फागुन १८ ।  कोरोना महामारी पछि एसियाका दुई ठूला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ । चीनको उत्पादन गतिविधि पछिल्लो १ दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानले विगत २ वर्षमा उत्पादनमा सबैभन्दा छिटो संकुचन देखेको छ।

कोरोना महामारी पछि औद्योगिक उत्पादनलाई ट्रयाकमा ल्याउने तीव्र प्रयास भइरहेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।

जबकि जापानमा निजी उत्पादन पीएमआई सूचकांक फेब्रुअरीमा ४७.७ मा रह्यो। यो जनवरीमा ४८.९ थियो। जापानको अर्थतन्त्रमा गिरावटको दर सेप्टेम्बर २०२० यताकै उच्च हो। यो इन्डेक्स वा सूचकले अर्थतन्त्रको प्रवृत्ति देखाउँछ।

पीएमआइ एक स्केल हो जुन ० र १०० बीचमा गणना गरिन्छ। यदि यो रिडिंग ५० माथि छ भने, यसको अर्थ अर्थतन्त्र अघिल्लो महिनाको तुलनामा विस्तार भएको छ। कम भएमा अर्थतन्त्रको गति घटेको हो ।

कोरोना भाइरसका बेला कडा प्रतिबन्ध लगाए पछि चीनको प्रदर्शन अपेक्षा भन्दा राम्रो भएको छ । गत वर्ष मात्रै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा प्रतिबन्धहरू खुकुलो पारिएको थियो।

चीनका लागि सन् २०२२ आर्थिक वृद्धि दरको हिसाबले आधा शताब्दी यताकै सबैभन्दा खराब रह्यो किनभने त्यहाँ लामो लकडाउन थियो।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update