Kath khabar
राष्ट्रपतिमा भोट माग्दै सुबास नेम्बाङ पुगे रास्वपा कार्यालय
Photo : RSP


               काठमाडौं, फागुन १८ । राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एमाले नेता सुवास नेम्वाङ भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् ।

नेम्वाङ आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।

बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका हुन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update