काठमाडौं, फागुन १८ । नेप्से उच्च अंकले घटेको छ । आज बिहीबार नेप्से २६ दशमलव ४७ अंकले घटेर १९ सय ६९ दशमलव शून्य दुई अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ चार दशमलव ८१ अंकले घटेर तीन सय ७३ दशमलव ५६ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको २८ हजार पाँच सय पटकको कारोबारमा ३६ लाख ५७ हजार एक सय ५४ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौ सय ६४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी, लक्ष्मी उन्नति कोष, कालिका पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, आर्दश लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।