इस्लामाबाद, फागुन १८ । पाकिस्तानमा महंगी फेब्रुअरी महिनामा ३१.५ प्रतिशतको उच्च स्तरमा पुगेको छ । सन् १९७५ पछि महंगी यति उच्च स्तरमा छ ।
चालु आर्थिक वर्षको गत जनवरीमा महंगी दर २७.६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको औसत महंगी २६.१९ प्रतिशत रहेको छ ।
फेब्रुअरीमा खाद्यवस्तुमा सबैभन्दा बढी महंगी देखिएको छ भने खाद्यवस्तुको मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ ।यसअघि सन् १९७५ को अप्रिलमा महंगी दर २९.३ प्रतिशत थियो ।
अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
मुद्रा व्यापारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाकिस्तानको सम्झौता रुपैया कमजोर हुनुको प्रमुख कारण हो, जसले बजारमा नकारात्मक असर पारेको छ ।