Kath khabar
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि  

 

                  ग्रीस, फागुन १८ ।  ग्रीसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको बताएका छन् । प्रधानमन्त्री बुधबार घटनास्थल पुगेका थिए ।

दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । स्थानीय स्टेसन मास्टर विरुद्ध पनि मुद्दा दर्ता भएको छ । उद्धार टोलीले घाइतेको खोजी गरिरहेको छ भने केहीको अस्पतालमा उपचार भइरहेको छ ।

यद्यपि, यो अझै स्पष्ट भएको छैन कि कसरी दुईवटा रेल एकै समयमा ट्र्याकमा आमने सामने आए। सिग्नल दिन जिम्मेवार स्टेशन मास्टरले कुनै गल्ती नभएको र प्राविधिक कारणले दुर्घटना भएको बताए ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, “कानूनले आफ्नो बाटो लिन्छ, दोषीलाई पक्राउ गरिनेछ। सरकार आम जनताको साथमा छ ।”

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update