Kath khabar
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा

 

                   काठमाडौं, फागुन १८ ।  आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । योसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुगेको छ ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले 'ह्याट्रिक' सहित ५ विकेट लिए ।

यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए । 

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

१९ वर्षमुनिको विश्व कप सन् २०२४ मा श्रीलङ्का हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update