Kath khabar
‘छड्के २’ र ‘छक्का पञ्जा ४’ आजदेखि हलहरुमा


                   काठमाडौं, फागुन १९। बहुप्रतिक्षित फिल्म छक्का पञ्जा-४ र छडके-२ आजदेखि प्रदर्शनमा आएका छन् ।

आज शुक्रबारबाट दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा-४ र अनमोल केसी अभिनित छडके-२ एकसाथ मैदानमा उत्रिएका छन् । दुवै सिक्ववेल मुभी हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्रमा दीपकराज गिरीको कथा र हेमराज विसीले निर्देशन रहेको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सम्भवतः यि दुई फिल्म विगत ५/७ वर्षयताकै ‘हेभीवेट’ भिडन्त मानिएको फिल्म हो, किनकि, ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छ भने ‘छक्का पञ्जा ४’ आफैंमा ब्रान्ड फिल्म हो ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘छड्के २’ ग्याङस्टर जनरामा निर्माण भएको फिल्म हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा यस चलचित्रमा देखाइएको छ ।

फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभिनय रहेको छ । यस फिल्मका निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update