काठमाडौं, फागुन १९ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले आज शुक्रबार पुपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार ११:४५ बजे सुरु हुनेछ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । नेपाल बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो ।
शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो।