Kath khabar
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

              

                   काठमाडौं, फागुन १९ । निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले बिहीबार मतपत्रको नमुना सार्वजनिक गरेको हो ।  संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै, प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुँदैछ ।

राष्ट्रपति पदका लागि ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । पौडेललाई नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलले समर्थन गर्ने जनाइएको छ भने नेम्वाङलाई क(कसको समर्थन रहनेछ भन्ने खुलेको छैन।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update