Kath khabar
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा

 

                     इन्दोर, फागुन १९ ।  बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो । 

खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेट्यायो । 

पहिलो इनिङ्समा १0९ रनमा अलआउट भएको भारतले दोस्रो इनिङ्समा १६३ रन बनाएको थियो । यस्तै अस्ट्रेलियाले पहिलो इनिङ्समा १९७ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेका छ । वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो जुनमा बेलायतको ओभलमा हुनेछ ।

बोर्डर-गाभस्कर ट्रफीमा भारत २-१ ले अघि छ । पहिलो र दोस्रो टेस्टमा भारतले अस्ट्रेलियालाई हराएको थियो ।

अब फाइनलमा अर्को टिमको टुङ्गो भारत-अस्ट्रेलियाबीच हुने चौथो टेस्टले लगाउनेछ । भारतले त्यो टेस्ट जितेमा ऊ फाइनल पुग्नेछ । यदि भारतले त्यो टेस्ट हारेमा फाइनलमा पुग्ने दोस्रो टिमको टुङ्गो न्युजिल्यान्ड र श्रीलङ्काबीचको टेस्ट शृङ्खला पछि हुनेछ । 

श्रीलङ्काले यस महिना न्युजिल्यान्डमा २ वटा टेस्टको शृङ्खला खेल्दैछ । श्रीलङ्काले भारतलाई फाइनलमा पुग्न नदिन वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई २-० ले हराउनुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update