आइसिसी विश्वकप क्रिकेट लिग २
आइसिसी विश्वकप क्रिकेट लिग २- पिएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य
काठमाडौं, फागुन १९ । आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले नेपालसामु १८० लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेलमा पिएनजीले ओभरमा ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो । पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले । ५१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ तथा कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय