खेलकुद
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए
काठमाडौं, फागुन १९ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरेको छ ।
नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १/१ रनमा आउट भए । अहिले क्रिजमा आसिफ शेख र दीपेन्द्रसिंह छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय