काठमाडौं, फागुन १९ । बाल्यअवस्थामै चर्चाको शिखरमा पुगेर बिभिन्न युरोपेली मुलुकहरुमा गै गायन प्रतिस्पर्धामा आफ्नो विलक्षण प्रतिभा देखाईसकेका अमन प्रधानको संगीत अनि स्वर र उनलाई साथ दिने गायिका सुचिन्दा श्रेष्ठको "तिमी मेरो" बोलको गीत भावसागर युट्युवमा रिलिज भएलगत्तै नेपाली साँगितिक बजारमा यो गीतको चर्चा चुलिएको छ ।
म्युजिक भिडियोमा मोडल सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । भिडियोमा मुलुकको समसामयिक अवस्थाले तीन बर्ष देखि बिदेशमा रहेको प्रेमी (सन्जिब थेबे लिम्बु) नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भएका छन् चर्चित निर्देशक राजेशपुमा राई ।
वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको "तिमी मेरो" बोलको वेष्टन पप जनरामा बनेको यो गीतको एरेन्ज/मिक्स/माष्टर राहुल प्रधानले गरेका छन् भने गीतको रेकर्डिङ बि माईनर स्टुडियोमा गरिएको हो। भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप, असिम रानाभाट स्टाईलिस, दिपेन माईकलको प्रोडक्सन र बिकास दाहालको सम्पादन रहेको छ ।
ताप्लेजुङको सिनाममा जन्म भै हाल हङकङमा बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवेले यो भिडियोको निर्माण गरेका हुन् । मोडल सन्जिब थेबे लिम्बू आफ्नो कलेजको अध्ययन हङकङमै सकेर हङ्कङकै होटेलमा सहायक म्यानेजरको पदमा कार्यरत छन् ।
निर्देशक दिनेश लिङ्देनद्वारा निर्देशित नेपाली कथानक चलचित्र "शान्ति"मा मुख्य भुमिकामा अर्का नायक सुशील क्षेत्रीसँगै अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दरिलो उपस्थिति जनाईसकेका छन् भने एमबिए अध्ययनको लागि उत्कृष्ट विश्वविद्यालयको छनौट गरिरहेकी गायिका तथा यस गीतमा मोडलको समेत भुमिकामा देखिएकी सुचिन्दा श्रेष्ठको यसअघि "एक चोटि आईदेउन" बोलको गीत हाईलाईट्स नेपाल युट्युब च्यानलबाट रिलिज भई सकेको छ ।
कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकी जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको यो भिडियोमा अत्यन्तै उत्कृष्ट कार्य दर्शक स्रोताले देख्न पाउने छन् ।