खेलकुद
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो
दुबई, फागुन २१ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा यूएई ९७ रनमै अलआउट भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए ।
यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग र आउँदो बिहीवार पीएनजीसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय