काठमाडौं, फागुन २१ । एएफसी यू-२० महिला एसियन कप-२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो।
यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ। मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएई विरुद्ध खेल्नेछ।
नेपाल सहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ।