खेलकुद
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन्
काठमाडौं, फागुन २१ । फ्रान्सेली फुटबल स्टार किलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् ।
शनिबार नान्टेस विरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए । क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औं गोल थियो।
यो गोलसँगै एमबाप्पेले पूर्व स्ट्राइकर एडिन्सन काभानीको कीर्तिमान पनि तोडे । मोनाको क्लबबाट खेल्ने एमबाप्पे सन् २०१७ देखि पीएसजीबाट खेल्दै आएका छन् । पीएसजीले उनलाई मोनाकोबाट लोनमा लिएको हो ।
पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् । यद्यपि यो क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय