Kath khabar
एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै

 

                    काठमाडौं, फागुन २१ । साताको पहिलो दिन आइतबार नैं नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ३० दशमलव ७७ अंकले घटेर १९ सय ३८ दशमलव २५ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ६८ दशमलव ७० अंकमा झरेको छ ।

आज दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार नौं सय तीन पटकको कारोबारमा ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर खरिद खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सुपरमोदी हाइड्रो पावर लिमिटेड, दिव्येश्वरी हाइड्रो पावर लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सामलिङ पावर लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रो पावर कम्पनी आदि परेका छन् ।  

 

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update