युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा
काठमाडौं, फागुन २२ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई पराजित गरेको छ ।
सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनायो । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । अब सिरिजका चार खेलमध्ये दुई खेल जितेमा एकदिवसीय मान्यता जोगाउदै विश्वकप छनोटमा पुग्नेछ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय