काठमाडौं, फागुन २३ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणस कल्याण बुढाथोकीले आज रिट दर्ता गराएका हुन् । सर्वोच्चले उक्त रिटमा बिहीबारका लागि पेसी तोकेको छ ।
द्वन्द्वका बेला १७ हजार मारिएको दोष आफूलाई आएपछि ५ हजारको आफूले लिने बताउँदै उनले बाँकी राज्यले जिम्मा लिनुपर्ने बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले रिट हालेका थिए । तर त्यसलाई सर्वोच्च प्रशासनले गत कात्तिक २४ गते दर्ता गर्न अस्वीकार गरेको थियो ।
यसअघि नै उनीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गर्न खोजे पनि सर्वोच्च अदालतले दर्ता मानेको थिएन । सर्वोच्चले राजनीतिक अभिव्यक्तिमा टेकेर दर्ता गर्न ल्याइउका रिट निवेदन दरपीठ गर्ने गरेको थियो । तर गत शुक्रबारन्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि आज रिट निवेदकहरु पुनः दर्ता गराउन पुगेका हुन् ।