Kath khabar
 बच्चाको रोग प्रतिरोधात्मक शक्ति बढाउन के के खुवाउने ?

काठमाडौं, जेठ २५ । कोरोना भाइरसको संक्रमण फैलिरहेको अहिलेको अवस्थामा बच्चाको रोग प्रतिरोधात्मक शक्तिको बारेमा अभिभावक सचेत हन जरुरी छ । गर्मी तथा बदलिदो मौसमका कारण बढीरहेको भाइरल ज्वरो, डेंगु जस्ता संक्रामक रोगबाट पनि बच्चाहरु अस्वस्थ भैरहेका समाचार आइरहेका छन् । सानो  बच्चाको रोग प्रतिरोध गर्ने शक्ति कमजोर हुने भएकाले उनीहरुको स्वास्थ्य बिग्रन नदिन खानपानमा ध्यान दिनै पर्दछ । यस्तो महामारीबाट बच्चाहरुलाई सुरक्षित राख्न खाद्य पदार्थको चयन यसरी गर्न  सकिन्छ ।

१. मौसमी फलफुल : बच्चाको रोग प्रतिरोधात्मक शक्ति बढाउन खानपान नै मुख्य आधार भएको हुदा मौसमी फलफुल खुवाउन पर्दछ । अहिले गर्मी मौसममा पाइने आँप, कटहर, तरभुजा, अमला र आरु बखडा, चिउरी लगाएत घर तथा जंगलमा पाइने फलफुलले बच्चाको रोग प्रतिरोधात्मक शक्ति बढाउनका साथै शाररीक तथा मानसिक परीपक्वता बढाउँछ ।

२. अचार : बच्चालाई उनीहरुको रुचीलाई ख्याल गर्दै अमला, कागती, काक्रा, गोलभेडा, काँचो आँपको अचार बनाएर दिँदा यस्तो अमिलो पिरो खानाप्रति आर्कषण बढ्छ । उनीहरुले खाना टन्न खाना पनि खान्छन साथै उर्जा पनि प्राप्त गर्दछन ।

३. नास्ता/खाजा : बच्चाको नास्तामा प्याकिङ गरिएका जंक फुड चाउचाउ, कुरमुरे, बिस्कुट पाउरोटी र पिज्जा जस्ता खाद्य पदार्थभन्दा घरमा भएका खाद्य सामाग्रीबाट तयार पारिएका रोटी तरकारी , हलुवा र लड्डु तथा गेडागुडीबाट बनाइएका परीकार  सामेल गर्नुपर्दछ ।

४. दाल भात : बच्चाको हरेक पटकको खाना बच्चाको रुचीसँगै पोषणको हिसाबले योजनाबद्द हुुनुपर्दछ । रोग प्रतिरोधात्मक शक्ति बढाउन तथा उर्जा बढाउन खानामा दिनको  एकपटक दालभात हुनै पर्दछ । भातसँग दही तथा दालमा घिउ थपीदिँदा स्वादसँगै स्वास्थ्य पनि मजबुत बनाउँछ । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update