काठमाडौं, फागुन २३ । नेप्से सामान्य अंकले बढेको छ । आज मंगलबार नेप्से १४ दशमलव ४१ अंकले बढेर १९ सय ५२ दशमलव ६६ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५३ अंकले बढेर तीन सय ७० दशमलव २४ अंकमा चढेको छ । नेप्से आज दुई सय ६१ वटा कम्पनीहरुको २४ हजार तीन सय ७३ पटकको कारोबारमा ४० लाख ५९ हजार एक सय ४९ कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज शुभम् पावर कम्पनी लिमिटेड, सुपरमाई हाइड्रो पावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने समिट माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।