यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
काठमाडौं, फागुन २३ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।
आज मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टिमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारेका हुन् । २०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी परेका थिए ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड-२०७८ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय