काठमाडौं, फागुन २४ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ।
क्यानले मंगलबार साँझ घोषणा गरेको टिममा ओपनर कुशल भुर्तेल फर्किएका छन् भने सन्दीप जोरालाई वैकल्पिकमा राखिएको छ । टोलीमा फर्काएका कुशलले युएईसँगको अन्तिम खेल गुमाएका थिए ।
यहि फागुन २५ देखि नेपाल, युएई र पिएनजीबीच लिग-२ को अन्तिम सिरिज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।
नेपाली टिम : कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिकः सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद