
काठमाडौं, फागुन २४ । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको फस्ट लुकलाई कलात्मकरूपमा बनाइएको छ ।
एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीहरूको विभिन्न रूप र रंगका साथ बाँधिएको छ । चार जना नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन् ।
चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन्। जसले यो भन्दा पहिले गन्जरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरी सकेका छन् ।
विवेक खड्काको छायांकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता नवीन भट्ट हुन् । चलचित्रको प्रदर्शन मिति भने फाइनल हुन बाँकी रहेको छ ।