1677819530.jpg)
काठमाडौं, फागुन २४ । गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘छक्का पञ्जा-४’ले सात करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्म ‘छक्का पञ्जा-४’ मा दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘छडके-२’ युवास्टार अनमोल केसीका कारण चर्चामा रहेको थियो । तर ‘छक्का पञ्जा-४’ ले आक्रामक व्यापार गरिरहँदा ‘छडके- २’ भने हलबाट उत्रिने चरणमा पुगेको देखिएको छ ।
एउटा ब्रान्ड फिल्मको सिरिज र अर्को स्टार पावर भएका अभिनेताको फिल्म भएकाले घरेलू बजार लयमा फर्किने विश्वास धेरैमा थियो । ‘छक्का पञ्जा ४’ले त्यो आशा र विश्वासलाई निराशामा बदल्न दिएको छैन । तर मेगास्टार भनिएका अनमोल केसीको फिल्मले भने दम तोडिसकेको छ । मंगलवारसम्म आइपुग्दा हलमा ‘छडके- २’ निकै न्यून शोमा सीमित हुनुपरेको छ भने ‘छक्का पञ्जा- ४’ ले शो बढाइरहेको छ । ‘छक्का पञ्जा- ४’का धेरै शोहरू हाउसफूल देखिएका छन् ।
अनमोलको फिल्म ‘छड्के- २’ को भने व्यापार सबैभन्दा कमजोर देखिएको छ । फिल्मले चार दिनमा ५० लाख पनि कलेक्सन गर्न नसकेको फिल्मका वितरकको भनाइ छ ।