Kath Khabar



                 काठमाडौं, फागुन २४ । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ ।

दीपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दीपक अधिकारी बताउँछन् । प्रवास रहेर गीत संगीतलाई माया गर्ने गायक प्रवेश पौडेल गीत चर्चासँगै दंग छन् । गीतमा टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको छ ।

प्रविन थापाले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मारिका ढकाल, रविना भण्डारी, टिका सानु ले कम्मर मर्काएका छन् । राम केसीले छायाँकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । उक्त गीत बाबा इन्टरटेनमेन्ट ट्युबच्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको छ ।

प्रवास रहेका तिलु शर्माले यस गीतलाई निर्माण गरेका हुन् । उक्त सार्वजानिक गीत २४ घण्टामा एक लाख बढी दर्शकको साथ पाएको छ । गीतले लगानी सुरक्षित गर्ने शर्मा बताउँछन् ।


 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update