Kath khabar
राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

                         

                      काठमाडौं, फागुन २४ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति  बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे लामो छलफल भएको र सर्वसम्मत ढंगले मतदानमा सहभागी नहुने निर्णय भएको बताए। भोलि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update