Kath khabar
आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
Photo : CAN

         

                         काठमाडौं, फागुन २५ । आइसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग-२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ ।

एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग-२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।

पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन । पपुवा न्युगिनी लिग-२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट नौ अङ्क जोडेको छ । नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ । उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको छैटौँ स्थानमा छ । जारी शृङ्खलाका चारै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ ।

फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले तीन खेल भने जित्नै पर्ने अवस्था छ । नेपालमा आजदेखि सुरु भएको लिग-२ को शृङ्खला अन्तिम हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update