सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक व्यक्ति पक्राउ
दाङ, फागुन २५ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यमिक विद्यालय धनौरीको छेउमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय