Kath khabar
"प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन" : योगेश भट्टराई

 

काठमाडौं, फागुन २५ ।  नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन्।

राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन्।

नेकपा एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उनको भनाइ छ।

‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भने, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिँड्नु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनु होला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन।’

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update