नेपालले पपुवा न्युगिनीलाई दियो २९८ रनको विशाल लक्ष्य
काठमाडौं, फागुन २५ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९। १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९७ रन जोडेको छ। नेपालका लागि ओपनर आशिफ शेखले शतकीयपारी खेलेका छन् । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए । उनले ११० बलमा १२ चौका र २ छक्काको मद्धतले ११० रन जोडे।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १४:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय