खेलकुद
आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट
१५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए
काठमाडौं, फागुन २५ । नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवा न्यु गिनी (पिएनजी)ले तेस्रो विकेट गुमाएको छ।
१५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए। उराले ४४ बलमा ९ चौका सहित ५० रन बनाए। त्यसअघि दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका थिए भने पहिलो विकेट रनआउट बाट प्राप्त भएको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रनमा अलआउट भयो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय