Kath khabar
नेप्सेमा ५० अंकको उच्च वृद्धि


               काठमाडौं, फागुन २५ । नेप्से उच्च अंकले बढेको छ । आज बिहीबार नेप्से  ५० दशमलव शून्य चार अंकले बढेर दुई हजार दुई दशमलव ७० अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि नौं दशमलव २७ अंकले बढेर तीन सय ७९ दशमलव ५० अंकमा पुग्न सफल भएको छ । नेप्से आज दुई सय ६२ वटा कम्पनीहरुको ३८ हजार एक सय ३१ पटकको कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, बेष्ट फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना-२, सिटिजन्स म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, अरुण कावेली पावर लिमिटेड, सुपर मादी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update