Kath khabar
नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

                 

                  काठमाडौं, फागुन २५ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ९७ रन जोड्दै पीएनजीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो।

पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

नेपालले अब आइतबार युएई, सोमपाल पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update