प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो।
प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा रिट दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय