Kath khabar
दशौँ सिनेमा मेरो करियरको पहिलो सिनेमा हुनेछ - अभिनेता अनमोल केसी


                काठमाडौं, फागुन २६ । अभिनेता अनमोल केसीले आफूले ‘छड्के २’ को कारण दर्शकलाई निराश बनाएको तथा दर्शकलाई निराश बनाउँदा आफू झनै दुखी भएको व्यक्त गरेका छन् ।

आफूले खेलेको फिल्मको कमजोर प्रदर्शन र आफ्नो प्रस्तुति पनि खराब भएकोप्रति उनले दर्शकसँग माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नौवटा चलचित्र खेलिसकेको भए पनि परिपक्व भएको रहेनछु भनेका छन् । उनले आफूले सिक्न पर्ने धेरै रहेको भन्दै अबको १० औं फिल्म आफ्नो करियरको दोस्रो सत्रको पहिलो फिल्म हुने बताएका छन् ।

अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’ सँग प्रतिष्पर्धामा थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ ले दर्शकको साथ पाउन सकेन ।

#AnmolKc

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update