Kath Khabar

 

                      काठमाडौं, फागुन २८ । गायक सुवास खत्री, सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ ।

‘रुदै हिड्नु पर्छ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । गीतमा परदेशी भुमीमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई गीतमा समेटिएको छ ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव मार्फत बजारमा ल्याइएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update