Kath Khabar
स्वास्थ क्षेत्रमा नर्भिकले रच्यो अर्को इतिहाँस

काठमाडौ, बैशाख

स्वास्थ क्षेत्रमा नर्भिक इन्टरनेशनल हस्पिटलले अर्को इतिहाँस रचेको हष्पिटलले मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा (क्याथल्याब सर्भिस) सेवामा अर्को इतिहाँस रचेको हो नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो

क्याथल्याबमा मुटुको एन्जियोग्राफी एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको तर, नर्भिकको क्याथल्याबको मृत्युदर भने ती देशको भन्दा पनि अब्बल देखिएको क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा आएका बिरामीहरुको कुल संख्या मृत्यु भएका मानिसहरुको संख्या हेर्दा समग्र मृत्युदर .१३ प्रतिशत मात्र रहेको देखिएको हो यो भनेको निकै सन्तोषजनक अवस्था हो

चैत २५ गतेसम्म नर्भिकको क्याथल्याबमा कुल १८ हजार पाँच सय ९८ बिरामीहरु उपचार प्रक्रियामा सहभागी भएका थिए यसमध्ये तीन हजार चार सय ७७ जनाले एन्जियोप्लाष्टी गरेका थिए भने ११ हजार नौ सय ४८ को एन्जियोग्राफी गरिएको थियो यति ठूलो संख्याका बिरामी क्याथल्याबमा आएका भए पनि एन्जियोप्लाष्टी गरेका २६ जनाको मात्र मृत्यु भएको थियो यसरी हेर्दा नर्भिकको क्याथ ल्याबको मृत्युदर शुन्य दसमलव १३ प्रतिशत मात्र रहेको

नर्भिकको कार्डियोलोजी विभागका निर्देशक डा. यादवदेव भट्टका अनुसार विश्वमा क्याथल्याबको औसत मृत्युदर एक देखि दुुई प्रतिशत हुने गरेको नेपालकै अन्य अस्पतालका क्याथल्याबमा आउने बिरामीहरुको मृत्युदर पनि एक प्रतिशतभन्दा बढी रहेको

यूरोपका अधिकांश अस्पतालहरुको क्याथल्याबको मृत्युदर (मोर्टालिटी रेट) एक दसमलव पाँच प्रतिशत माथि रहेको भने भारतका अस्पतालहरुको क्याथल्याबको मृत्युदर पनि एक प्रतिशतभन्दा माथि नै अमेरिकाका अस्पतालहरुमा पनि क्याथल्याबको मृत्युदर एक प्रतिशतभन्दा माथि नै

तर, विश्वका विकसित सुविधासम्पन्न देशका अस्पतालहरुमा भन्दा नर्भिकको क्याथल्याबको सेवा स्तरीय देखिएको डा. भट्टका अनुसार नर्भिकको क्याथल्याबमा काम गर्ने जनशक्ति अनुभवी भएका कारण प्रविधि समेत आधुनिक भएर पनि मृत्युदर न्यून देखिएको हो हामीसँग राम्रो टिम , हामी राम्रोसँग काम गर्छौ डा. भट्टले भन्नुभयो–‘पछिल्ला केही वर्षहरुको डेटालाई हेर्ने हो भने हाम्रो क्याथल्याबको मृत्युदर शून्य प्रतिशत

डा. भट्टले कार्डियोलोजी विभागको नेतृत्व गरेदेखि चालु आर्थिक वर्षको चैत ३१ गतेसम्म एउटा पनि बिरामीले क्याथल्याबमा ज्यान गुमाएका छैनन् क्याथल्याबमा २६ बिरामीको मृत्यु डा. भट्टले नेतृत्व सम्हाल्नु अगाडि भएको अस्पतालले जनाएको

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ००:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update