राजनीति
राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग
आइतबार उनले आफ्नो सहयोगी मार्फत कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन्
काठमाडौं, फागुन २८ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् ।
गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् ।
आइतबार उनले आफ्नो सहयोगी मार्फत कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगी मार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय