काठमाडौं, फागुन २८ । नेप्से उच्च अंकले घटेको छ । नेप्से आज आइतबार २६ दशमलव ८० अंकले घटेर १९ सय ७५ दशमलव ८९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ६० अंकले घटेर तीन सय ७३ दशमलव ९० अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज शुभम् पावर लिमिटेड, नेपाल बैंकको ऋणपत्र, युनिक नेपाल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने गुडविल फाइनान्सको ऋणपत्र, सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्राली, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् ।