आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई चौथो सफलता
सन्दीप लामिछानेले पीएनजीका आसिद भालालाई आउट गराएर नेपाललाई चौथो सफलता मिलेको हो
काठमाडौं, फागुन २९ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम त्रिदेशीय एकदिवसीय श्रृंखला अन्तर्गत आज आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भईरहेको छ ।
पीएनजी विरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । सन्दीप लामिछानेले पीएनजीका आसिद भालालाई आउट गराएर नेपाललाई चौथो सफलता मिलेको हो । तेस्रो विकेटमा उनले सेसे बाउलाई आउट गराएका थिए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको नेपालले पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको थियो ।
पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय