काठमाडौं, फागुन २९ । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् ।
रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको वर्णन गरेका छन्, भने प्रेमिकाले प्रेमीको ह्यान्डसम भनेर प्रशंसा गरेकी छन् । निकै तामझाम सहित निर्माण भएको भिडियो निकै आकर्षक बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकी इटानीको अभिनय छ ।
भिडियोमा सकिसँग आकाश र पुष्पपछि लागेको समेत देखाइएको छ । थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ । मिस्टर वसिन नेपाल समेत रहेका अभिनेता जीवन र सकिको जोडी परफेट देखिन्छ । भिडियोमा सकिको नृत्यले समेत दर्शकको मनमा गहिरो छाप छोड्न सक्छ ।
भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मोडल सकिको अफिसियल युट्युब च्यानल सकी इटानी मार्फत सार्वजनिक भएको हो । सकि इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।