Kath khabar
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै



                     काठमाडौं, फागुन २९ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि घटेर रातै देखिएको छ । नेप्से आज २४ दशमलव ६८ अंकले घटेर १९ सय ५१ दशमलव २१ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ४६ अंकले घटेर तीन सय ६८ दशमलव ४९ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज दुई सय ५६ वटा कम्पनीहरुको २६ हजार आठ सय ५० पटकको कारोबारमा ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल एक अर्ब १६ करोड २५ लाख तीन हजार पाँच सय १६ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज शुभम् पावर कम्पनी, बोटर्लस नेपाल तराई लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने खप्तड लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संंस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम आदि परेका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update