राजनीति
निर्वतमान राष्ट्रपति भण्डारी शितल निवास छाडेर छोरीको घरमा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मान सहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन् । शितल निवासबाट बाहिरिदा भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो
काठमाडौं, फागुन २९ । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकाल पुरा गरि शितल निवासबाट बाहिरिएकी छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मान सहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन् । शितल निवासबाट बाहिरिदा भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
निर्वतमान राष्ट्रपति भण्डारी शितल निवासबाट बालुवाटारस्थीत छोरीको घरमा गएकी छन् । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उहा अहिलेका लागि छोरीको घरमा बसेकी हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय