Kath khabar
ब्राजिलले शतप्रतिशत जित निकाल्दा, अर्जेन्टिना बराबरीमा रोकियो

पारग्वे,जेठ २६ । दक्षिण अफ्रिकी विश्वकप छनौट अन्तगर्त शिर्ष स्थानको ब्राजिलले लगातार छैटौँ जित हो । छनौटमा शतप्रतिशत जितको यात्रा कायमै राख्ने ब्राजिल एकमात्र टिम हो ।

आज बिहान भएको खेलमा घरेलु टोली पारग्वेलाई उसैको मैदानमा दुई सुन्य गोलले हराउँदै ब्राजिलले छनौटमा लगातार छैठौ जित हात पारेको हो । उसको जितमा स्टार खेलाडी नेइमारले गर्नुभएको थियो भने उहाँको पासमा ब्राजिलको दोस्रो गोल भएको थियो । चौथो मिनेटमै ब्राजिलले नेइमारले गरेको गोलमा अग्रता बनाएको थियो । ब्राजिलले ९० मिनेटमा अग्रतालाई दोब्बर बनाएको हो । नेइमारको पासमा लुकास पकौटाले गोल गरेर ब्राजिलको दुई सुन्यको जित सुनिश्चित बनाउनुभएको हो । यो जितपछि ब्राजिलले तालिकामा १८ अंक बनाएको छ । समान खेल खेलेको दोस्रो स्थानको अर्जेन्टिनाको १२ अंक छ ।

अर्जेन्टिना बराबरीमा

केही बेर अघि नै भएको खेलमा अर्जेन्टिनाले कोलोम्बियासँग दुई-दुई गोलको बराबरी खेलेर अंक बाँडेको हो । अर्जेन्टिनालाई दुई सुन्य गोलको अग्रता बनाउन मात्र ८ मिनेट लागेको थियो । तर त्यसलाई अन्तिम समयमा सम्म टिकाइराख्न सकेन । तीन मिनेटमा क्रिस्च्यान रोमेरोले गोल गरि अर्जेन्टिनालाई अघि राख्नु भयो । ८ औँ मिनेटमा लियन्द्रो ड्यानिल पेरेजले अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाउनु भयो । तर दोस्रो हाफमा कोलोम्बियाले दुई गोल फर्काएको थियो  । ५१ ऋौँ मिनेटमा लुइस मुरेलले पेनाल्टीमा गोल गरि अन्तर घटाउनु भएको थियो । ओटामेन्डीले डिक बक्स भित्र युरिबलाई फउल गरेपछि पाएको पेनाल्टीमा उहाँले सहज गोल गर्नुभएको हो । अन्तिम मिनेटमा मिगल बोर्जाले बराबरी गोल फर्काउनु भयो । स्टार खेलाडी लियोनल मेस्सीले पनि अर्जेन्टिनाकोलागि केही प्रभाव देखाउन सक्नुभएन । उहाँले गोलका लागि गर्नुभएको दुई प्रहार बिफल भएका थिए ।  

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update