पोखरा, चैत १ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरमा आमरण अनसन शुरु गरेका छन्। निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आमरण अनसन बसेका हुन्।
निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठक बिना बाहिरी व्यक्तिले हस्तक्षेप गरेको भन्दै नेविसंघ क्याम्पस समितिका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्याल सहित १४ जनाले गत फागुन २७ गते राजीनामा समेत दिएका थिए।
समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी समेत गरेको नेबिसंघको सोही समुहले क्याम्पसमा हाल आमरण अनसन शुरु गरेका हुन्। निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ।