प्रधानमन्त्री दाहालले आगामी चैत्र ६ गते विश्वासको मत लिने
काठमाडौं, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चैत्र ६ गते विश्वासको मत लिने हुनुभएको छ ।
कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको छ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय