Kath khabar
१४ अंकले घट्यो नेप्से, ट्रेडिङ बाहेक सबै समुहको सूचक रातै



                        काठमाडौं, चैत १ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज १४ दशमलव ४४ अंकले घटेर १९ सय ३८ दशमलव ६२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव शून्य तीन प्रतिशतले घटेर तीन सय ६५ दशमलव २९ अंकमा सीमित भएको छ ।

आज नेप्सेमा दुई सय ५३ वटा कम्पनीहरूको २५ हजार चार सय ९१ पटकको कारोबारमा ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल एक अर्ब २० करोड २१ लाख ४१ हजार आठ सय ८२ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये ट्रेडिङ समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिट नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने किसान लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक, लिबर्टी इनर्जी कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, सानिमामाई हाईड्रोपावर कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update