रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक, उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गरिने
काठमाडौं, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न उक्त बैठक बोलाईको बताईएको छ ।
शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय